अध्यक्षको भनाई

हेमचन्द्र थापा
  (अध्यक्ष)

अध्यक्षको भनाई

सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लि. नेपालको सहकारी विकास अभियानमा २०५० सालमा स्थापना भएको एक महत्वपूर्ण गौरवमय इतिहास बोकेको संस्था हो । स्थानीय स्तरमा छरिएर रहेको सानो सानो पुँजीलाई संकलन गरी परिचालन गर्दै सदस्यहरुको सामाजिक तथा आर्थिकस्तर विकास गर्न संस्थाको योगदान रहेको जानकारी गराउन चाहन्छु । स्थापनाकालदेखि विभिन्न स्थानमा रहेर यस संस्थाको विकासका लागि योगदान गर्दै आज अध्यक्ष पदमा रहेर सेवा गर्ने अवसर दिनुहुने सम्पूर्ण सेयर सदस्यज्यूहरु प्रति आभार व्यक्त गर्दछु । साथै साथ सहयोगको अपेक्षा पनि गर्दछु ।
सयम अनुकुल सदस्यहरुको आवश्यकतालाई मध्यनजर राख्दै मुख्य कार्यालय र सिर्जना सेवाकेन्द्रवाट संस्थाका बचत तथा ऋणका सेवा तथा उत्पादनहरुलाई निरन्तरता तथा परिर्माजन गरि सेवा प्रदान गर्नेछौं । अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत अध्ययन गर्दै सहकारी ऐन, नियमहरुको पालना गर्दै सदस्य सेवालाई केन्द्रमा राखेर संस्था सञ्चालन गर्ने प्रतिवध्दता व्यक्त गर्दछु । हजुरहरुको साथ सहयोग र नियमित कारोबारले संस्था अझै उचाइमा जाने भएको हुनाले सम्पूर्णमा कारोबारलाई केन्द्रित गरिदिनुहुन अनुरोध गर्दछु ।
बजारको अध्ययन गर्दै बचत र ऋणको व्याजदर समय सापेक्ष निर्धारण गरी सदस्यलाई सुविधा प्रदान गर्नेछौ । महिला दिदी बहिनीहरुका लागि गहना बचत, स्कुटी बचत सञ्चालनमा ल्याएका छौँ, त्यस्तै चाडपर्व बचत, बाल बचत, दैनिक बचत, कारोबार बचत खाता सञ्चालनमा ल्याएका छौं । घरकाज ऋण, व्यापार व्यवसाय ऋण, कृषि ऋण, हायरपर्चेज ऋण, बचत सुरक्षण ऋण लगायतका विभिन्न शीर्षकमा सदस्यहरुलाई ऋण प्रदान गर्दै आएका छौं । सदस्यहरुको क्षमता विकासका लागि विभिन्न तालिम, गोष्ठी, वित्तीय साक्षरता कार्यक्रम, स्वास्थ सचेतना कार्यक्रम सञ्चालन, उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पुरस्कार सम्मान, ज्येष्ठ नागरिक सम्मान, एकल महिला सम्मान, विद्यार्थी छात्रवृति प्रदान गर्दै आएका छौं ।
गुणस्तरीय वित्तीय सेवा प्रदायक, सक्षम दिगो सहकारी संस्थाको परिकल्पनालाई पूरा गर्न प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सेयर सदस्यहरुज्यूहरु, संस्थाका अग्रज व्यक्तित्वहरु, जिल्ला संघहरु, केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, एसियाली ऋण महासंघ, नगरपालिका, रजिष्टार कार्यालय, सहकारी विभाग लगायत नियामक निकायहरुप्रति हार्दिक आभार प्रकट गर्दै निरन्तर साथ, सहयोग र समन्वयका लागी सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछौं ।