- संस्थाको स्वामित्वमा आउन सक्ने खालका निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारीसाधन खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ ।
ऋण प्राप्त गर्ने आधार
- यस प्रकारको ऋण प्राप्तीको लागि ऋणी सदस्य वा परिवारको भरपर्दो मासिक आयश्रोत हुनु पर्नेछ र निजी प्रयोजनको लागि भने स्थायी आयश्रोत खुलाउनुपर्नेछ ।
- खरीद गरिने सवारी साधन ऋण चुक्ता नगरुन्जेल सम्मका लागि संस्थाको नाममा दर्ता कायम रहनेछ ।
- ऋणीले सवारी साधनको नियमानुसार ऋण चुक्ता नगरुञ्जेल विमा गर्नु पर्नेछ ।
- ऋणीले सवारी साधनको कर नियमानुसार तिरी रहनु पर्नेछ ।
- सवारी साधन दुर्घटना वा चोरी भएको हकमा त्यसको कुनै प्रकारको क्षती वेहोर्न संस्था बाध्य हुनेछैन ऋणी स्वयम् वा ऋणीको परिवारले त्यसको क्षति व्यहोर्नु पर्नेछ ।
- संस्थाको धन सृजना हुने दुई वा दुई भन्दा बढी बचतमा सहभागी सदस्यहरुलार्ई यसप्रकारको ऋणमाप्राथमिकता दिईनेछ ।
- सदस्यले कम्तीमा ५० प्रतिशत स्वयम् लगानी गर्नुपर्नेछ ।
ऋणको सीमा
यस प्रकारको ऋणको सीमासवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशत हुनेछ ।चारपांग्रे सवारी साधन खरिदका लागि रु.१० लाख भन्दा बढी लगानी गरिने छैन । मोटरसाइकलको हकमा २०० सि.सि. सम्ममात्र लगानी गरिने छ ।
ऋणको अवधि :
यस प्रकारको ऋणको अधिकतम अवधि चारपांग्रे सवारी साधनमा ४ वर्षको र दुई पांग्रे सवारी साधनको हकमा २ वर्ष भन्दा बढी हुने छैन ।
ब्याजदर : 14.75%
भुक्तानी तरिका :
ऋणको भुक्तानी (सांवा तथा ब्याज) अनिवार्य मासिक किस्तावन्दी गर्नुपर्नेछ