व्यवस्थापकको भनाइ

 सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लि. २०५० सालमा जिल्ला सहकारी संघ मोरङमा विधिवत दर्ता भई सञ्चालनमा आएको संस्था हो । दर्ताको समयमा झोला तथा सानो दराजमा सीमित रहेको र सीमित शेयर सदस्यमा कारोबार हुँदै आएको ऐतिहासिक कागजातमा हेर्न पाइन्छ । सहकारीप्रतिको खोज तथा विकासक्रमसँग सहकारीको मूल मर्म खुला सदस्यताको धारणा विकास भएको हो । सदस्यहरुको वृद्धिसँगै संस्थालाई व्यवस्थित बनाउन कोठा भाडामा लिएर एकजना कर्मचारीबाट कार्यालय सञ्चालनमा ल्याएको थियो ।
स्थानीयबासीहरुको साथ, सहयोग र योगदानबाट संस्था विकसित हुँदै जाँदा संस्थाको आर्थिक पक्ष समेत वृद्धि हुँदै परिणाम स्वरुप आनै भवनमा कार्यालय व्यवस्थित गरी सञ्चालनमा ल्याइएको यस संस्थाको हाल नौजना कर्मचारीबाट कार्यालय व्यवस्थापन गरिएको छ ।
शेयर सदस्यहरुलाई छिटो छरितो सेवा प्रदान गर्न सदस्य स्याहार कक्ष, ऋण विभाग, लेखा तथा प्रशासन विभाग छुट्याइएको छ । शेयर सदस्यहरुको आनो कामको प्रकृति अनुसार सम्बन्धित विभागबाट सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ ।
प्रभावकारी रुपमा कर्मचारीको कार्यसम्पादन गर्न कार्य विवरण उपलब्ध गराइएको छ । जसले आनो काम, कर्तव्य र अधिकार प्रष्ट भएर कार्य सम्पादन गर्न प्रेरणा प्रदान गर्दछ । संस्थामा कार्यरत कर्मचारीहरुलाई समय समयमा तालिममा सहभागी गराई कार्य कुशलतामा वृद्धि गराउने प्रयास गरिएको छ । अधिकृत सातौँ तह, अधिकृत छैटौँ तह, बरिष्ठ सहायक, सहायक, बचत परिचालक र कार्यलय सहयोगी जस्ता पद कायम गरी कर्मचारीको वृत्ति विकासको अवसरलाई सुनिश्चित गरिएको छ ।
मुख्य कारोबार बचत तथा ऋण रहेको हुनाले बचत र ऋणलाई मुख्य प्राथमिकता दिई अन्य विभिन्न गतिविधि मार्फत सदस्यहरुसँगको दिगो सम्बन्ध गास्ने प्रयास गरिएको छ । बचत भविष्यको आधार भएको हुनाले शेयर सदस्यहरुको आवश्यकतालाई मध्यनजर राखी विभिन्न १५ प्रकारका बचत सेवा प्रदान गरिएको छ । जसमा मासिक बचत, कारोबार बचत, बाल बचत, दैनिक बचत, ज्येष्ठ नागरिक बचत, गहना बचत, ऐच्छिक बचत, स्कुटी बचत, चाडपर्व बचत, आवधिक बचत, दैनिक बचत, भ्रमण बचत, उपदानकोष बचत, सञ्चयकोष बचत, अक्षयकोष बचत रहेका छन् । सम्पूर्ण बचतका प्रकारमा प्रतिष्पर्धी ब्याजदर निर्धारण गरिएको छ । शेयर सदस्यहरुको आवश्यकता अनुसार बचतमा विविधकरण गरिएको छ । महिला दिदीबहिनीहरुको आवश्यकता पूरा गर्न छुट्टै किसिमका बचतका प्रकारहरु सञ्चालनमा ल्याइएको छ ।
समुदायमा राम्रो प्रतिष्ठा कमाउनु भएका तथा सहकारीको मर्म र भावना बुझ्नु भएका सञ्चालकहरुबाट नीति निर्माण गरी सञ्चालनमा आएको आनै भवनमा कार्यालय रहेको तथा राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा आनो छुट्टै पहिचान कायम गर्न सफल यो सहकारी यस क्षेत्रको एक अग्रणी सहकारी हो ।
संस्थाको मुख्य कारोबारमा ऋण अर्काे महत्वपूर्ण पाटो हो । शेयर सदस्यहरुलाई उद्यमशील बनाउन उद्यमशलिताको माध्यमको रुपमा ऋणलाई परिभाषित गर्न सकिन्छ । संस्थामा शेयर सदस्यहरुको आवश्यकतालाई विश्लेषण गर्नुका साथै उहाँहरुको सल्लाह सुझावका आधारमा विभिन्न १५ प्रकारका ऋण सेवा प्रदान गरिएको छ । आकस्मिक समस्या समाधानका लागि आकस्मिक ऋण, अध्ययनका लागि शैक्षिक ऋण, कम्प्यूटर खरिद ऋण, लोड सेडिङ्ग रहित समाजको परिकल्पनासहित उज्यालो सुनपकुवा कार्यक्रम अन्तर्गत सौर्य उर्जा ऋण, कर्मचारीहरुको लागि कर्मचारी सहुलियत ऋण, जीवनलाई सरल तथा सुविध सम्पन्न बनाउन आवश्यक पर्ने घरायसी सामग्री खरिदका लागि इलेक्ट्रोनिक्स ऋण, सामाजिक तथा घरायसी कार्यका लागि घरकाज ऋण, व्यापार व्यवसाय सञ्चालनका लागि व्यवसायिक ऋण, कृषिजन्य क्षेत्रको लागि कृषि ऋण लगायतका ऋणको व्यवस्था गरिएको छ ।
शेयर सदस्य महानुभावहरुको बचतको सुरक्षित लगानीको लागि ऋण लगानी प्रक्रिया वैज्ञानिक तथा व्यवस्थित बनाइएको छ । जोखिम न्यूनीकरण गर्न क्षमतामा आधारित ऋण लगानीको नीति लिएको छ । शेयर सदस्यहरुको क्षमता विश्लेषण नगरी ऋण लगानी गरिएका ऋण समाधान नभएर समस्याका रुपमा परिवर्तन हुन्छ । क्षमताको विश्लेषण गरी ऋण लिने दिने गरेमा संस्था र सदस्य दुवै पक्षको विकास हुने गर्दछ । भाखा नाघेको ऋणले संस्थाको प्रतिष्ठा तथा व्यक्तिको कारोबारको सम्बन्ध माथि नकारात्मक असर पर्ने भएकोले वित्तिय परामर्श गरेर मात्र ऋण लगानी प्रक्रिया अगाडि बढाउने गरिएको छ । संस्थाको छवि उच्च राख्दै गुणस्तरिय वित्तीय सेवा प्रदान गरी सदस्य तथा समुदायसँग दिगो सम्बन्ध विकास गर्दै संस्थाको दिगो विकासका लागि व्यवस्थित रुपमा संस्था सञ्चालन गर्ने प्रयास गरिएको छ ।
सदस्यहरुको एकमात्र रोजाइको वित्तीय संस्थाको रुपमा विकास गर्दै आएको यस साकोसले आर्थिक रुपमा सक्रिय बन्दै शेयर सदस्य तथा समुदायसँग नङ र मासुको सम्बन्ध कायम राख्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ । बाल्यकालदेखि ज्येष्ठ नागरिकहरुलाई विभिन्न कार्यक्रम मार्फत समेट्ने प्रयास गरिएको छ । प्रसुती सहयोग, बाल अवलोकन भ्रमण, खेलकुद नवदुलही स्वागत, स्वास्थ्य सचेतना, सहकारी सचेतना, अवलोकन भ्रमण, तीर्थाटन भ्रमण, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, मृतक सदस्य राहत कार्यक्रम, बजार सरसफाइ कार्यक्रम जस्ता सामजिक कार्यक्रमहरु मार्फत समुदायमा संस्थाको गहिरो उपस्थिति गराइएको छ ।
आर्थिक रुपमा सक्षम तथा सुरक्षित व्यवसायिक रुपमा कुशल, ज्ञान तथा अभिवृद्धि सहित समुदायको उत्कृष्ट संस्थाको रुपमा पहिचान कायम राखी एसियाली मापदण्डको ब्ऋऋभ्क्क् द्यचबलम प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा संस्थाको छवि उच्च राख्ने जिम्मेवारी सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार समिति, विभिन्न उपसमिति र कर्मचारीवर्ग सबैको जिम्मेवारी रहेको छ । यसमा सबैको सहयोगको अपेक्षा गर्दछौँ ।
संस्था स्थापनाको लागि सपना देख्नुहुने आदरणीय अग्रज नेतृत्वपंक्ती प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी भष्यिमा अग्रजहरुको सपना साकार बनाउने प्रयास जारी राख्दै सदस्यहरुको सेवामा समर्पित भई सदस्यहरुको आर्थिक विकासका लागि संस्था दृढ रहने प्रविधिमा आएका परिवर्तनहरुलाई आत्मसात् गर्दै प्रविधिमैत्री कार्यालय सञ्चालन गर्ने हाम्रो योजना रहेको छ । मोवाइल बैंकिङ्ग कार्यक्रमबाट आनो सम्पूर्ण विवरण आनै घरबाटै हेर्न र आफूले चाहेको रकम चाहेको व्यक्तिमा ट्रान्सफर गर्ने व्यवस्था मिलाउने योजना बनाइएको छ । शेयर सदस्यहरुको लागनीको अधिकतम प्रतिफल दिनको लागि सहकारीको अत्यन्तै सुन्दर पक्ष संरक्षित पूँजी फिर्ता कोषलाई कारोबारको आधारमा फिर्ता गर्ने कार्यको प्रारम्भले सदस्यहरुको सन्तुष्टी वृद्धि गरिएको छ । शेयर सदस्य, सञ्चालक समिति, ले.सु. समिति,, सल्लाहकार, विभिन्न उपसमिति, कर्मचारी समपूर्ण पक्षको सहकारी सम्बन्धी ज्ञान अभिवृद्धि नगरी संस्थाको विकास असम्भव भएको हुनाले सम्पूर्ण पक्षलाई आवश्यकता अनुसार विभिन्न प्रकृतिका तालिम गोष्ठी सेमिनारमा सहभागी गराउँदै संस्थाको विकास गराउने योजना रहेको छ । संस्थाको स्थापना सञ्चालन तथा विकासमा अहोरात्र लागि पर्नुहुने सम्पूर्णै अग्रज संचालक समिति, ले.सु. समिति, सल्लाहकार समिति, शेयर सदस्य तथा कर्मचारी वर्ग सबैमा हादिृक आभार प्रकट गर्दछु । समुदायमा रहनु भएका फरक फरक पेशा व्यवसाय सम्हाल्नु भएका आदरणीय शेयर सदस्यहरुको आर्थिक उन्नति गराउँदै संस्थालाई वित्तीय रुपमा सक्षम बनाई समुदाय, राष्ट्र अन्तर्राष्ट्रिय स्तरमा सुनपकुवा साकोसको छवि उच्च राख्ने प्रण गर्दै उत्कृष्ट संस्थाको उत्कृष्ट शेयर सदस्य हुनु भएको सम्पूर्ण शेयर सदस्य महानुभावहरु प्रति आभार व्यक्त गर्दछु ।
जय सहकारी ।

Rajkumar Baral