शेयर सदस्यहरुलाई संस्थाले प्रदान गर्ने शेयर लाभांश, संरक्षित पूजी फिर्ता कोषबाट र रेमिटान्स बापत विदेशबाट पठाइएको रकम, आवधिक बचतबाट प्राप्त हुने ब्याज, ऋण भुक्तान गर्ने प्रयोजन वा स्वैच्छिक रुपमा जम्मा गर्ने रकम समेतको बचतलाई कारोबार बचत भनिनेछ । यस्तो बचतमा न्युनतम र अधिकतम रकमको सीमा हुने छैन ।
विशेषताहरु
- कारोबार गर्ने बानीको विकास गराउने ।
- व्यवसाय गर्न अत्यन्त उपयोगी
- जुनसुकै बेला जतिसुकै रकम जम्मा गर्न र भुक्तानी लिन सकिने ।
- संस्थाका सदस्यहरूले अनिवार्य भाग लिनुपर्ने ।
- वार्षिक ब्याजदर बजार अनुसार प्रतिस्पर्धी दिइनेछ ।
- व्याज गणना अर्धवार्षिक भुक्तानी हुनेछ ।
- ब्याजदर ६ %