Member Voice

शेयर सदस्यहरुको नजरमा सुनपकुवा साकोस

                                       लेखबहादुर धिमाल (व्यापारी)
सुनपकुवा स्वावलम्बी साकोस १ नं. रोजाइको संस्था हो । यहाँ ऋण लगानी तथा असुली प्रक्रिया अत्यन्तै सजिलो रहेको छ । यसको अन्य वित्तीय संस्थाहरु भन्दा ऋणमा व्याज न्यून रहेको छ । हामी जस्ता स्थानीय व्यवसायीहरुले ऋणको लागि अन्य कुनै बैड्ढको सहारा लिनु पर्दैन । कर्मचारीहरुको कार्यशैली बोली व्यवहार अत्यन्त राम्रो छ । प्रदेश नं.–१ को उत्कृष्ट संस्था भएकोमा धेरै खुशी लागेको छ । उर्लाबारी तथा आसपासका संस्थाहरु भन्दा यो संस्था धेरै कुरामा राम्रो छ । आगामी दिनहरुमा पनि अझ धेरै राम्रो र प्रगति गर्दै जाओस शुभकामना छ ।

रुद्रबहादुर खड्का (पूर्व अध्यक्ष)
               स्थापनाकाल देखि १२ वर्ष अध्यक्षको रुपमा काम गरियो । युवा पुस्ताहरुको नेतृत्व विकास गरी प्रेमप्रकाश कोइरालालाई सो अध्यक्ष पद हस्तान्तरण गरेर सक्रिय शेयर सदस्यको रुपमा कारोबार गर्दै आएको छु । संस्था स्थापनाकालमा कठोर सरकारी नीति भएका कारण बहुउद्देश्यीय सहकारी चन्दा बचत तथा ऋण सहकारी संस्था स्थापना गरियो । संस्थाले बचत तथा ऋणमा विविधीकरण गरी शेयर सदस्यलाई सन्तुष्टी दिएको छ । विप्रेषण सेवा लगायत सामाजिक सम्बन्ध वृद्धि गर्ने ज्येष्ठ सदस्य सम्मान, तीर्थाटन, छात्रवृत्ति, उत्कृष्ट उद्यमी सम्मान, बचत कर्ता, उत्कृष्ट ऋणी सम्मान जस्ता कार्यक्रहरुले खुशी बनाएको छ । ४१ जना शेयर सदस्यबाट आज ३१८० जना सदस्य पुग्नु संस्थाको लोकप्रियताको पाटो हो । यो लोकप्रियतालाई कायम राख्दै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

Click edit button to change this text. Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.