Recent Events

No any Recent event due to COVID19

Recent Events

बाल अवलोकन भ्रमण

मिति २०७५।१०।१९ गते शनिवार स्थान मदन स्मृति संग्राहलय, उर्लाबारी–मंगलबारे, ज्बउउथ ीबलम, जामुनखाडी (झापा)सहभागि संख्या ५६ जना
बाल सदस्यहरुसँगको दिगो सम्बन्ध स्थापना गर्नका लागि आ.व. २०७५/०७६ को कार्ययोजना अनुसार एक दिवशीय वाल अवलोकन भ्रमण सम्पन्न गरिएको छ । संस्थाको भवनबाट विहान १० वजे भ्रमण टोली भेला भई मदन स्मृति संग्राहलयतर्फ प्रस्थान गरियो । मदन स्मृति संग्राहलयमा स्व. नेता मदन भण्डारीसँग सम्बन्धित ऐतिहासिक दस्तावेज र उहाँको जीवनी सहितको करिव ३० मिनेटको डकुमेण्ट्री हेर्ने अवसर प्राप्त भयो । मदन स्मृति उद्यानमा रहेका विभिन्न किसिमका खेल खेल्दै सामुहिक फोटो खिची भ्रमण टोली करिव १२ वजेतिर झापा स्थित ज्बउउथ ीबलम तर्फ प्रस्थान गरियो । ज्बउउथ ीबलम को मनोरम दृश्य सँगै बालबालिकाहरुलाई दिउँसोको नास्ताको व्यवस्था गरी करिव ३ घण्टा विभिन्न किसिमका खेलहरुमा सहभागि गराई ४ बजे जामुनखाडी पर्यटकिय स्थलतर्फ प्रस्थान गरियो । विभिन्न किसिमका जंगली जनावर, पशुपंछीहरुको अवलोकन गर्दै सामुहिक तस्विर लिइ वेलुकीको नास्ता गराई भ्रमणटोली त्यहाँबाट घरतर्फ प्रस्थान गरियो । वेलुकी ६ वजे मंगलबारे आई कार्यक्रम समापन गरियो । कार्यक्रमलाई प्रभावकारी  व्यवस्थापन गर्नका लागि संस्थाको तर्फबाट निम्न संचालक, उप–समिति र कर्मचारीहरु सहभागी हुनु भएको थियो ।